श्रीहरि फुयाँलको ‘बुुबुुमाम सुपुुक्क’ बालकोसेली

बद्रीप्रसाद दाहाल
Read Time = 17 mins

बालसुलभ भाषा, भाका, सुर, लयमार्फत कलिला मनमगजमा पस्नसक्ने कृतिहरू नै वास्तवमा बालकाव्य कोटिभित्रका रचनामा पर्दछन् । सरलता, सरसता,सहृदयता, साङ्गीतिकता र चित्रहरूले सुसज्जित भएर बाल-भाषामार्फत सुुसन्देश प्रवाह गर्न क्षमतावान् सिर्जना नै सफल बालकोसेली हुनसक्छन् । यसै सन्दर्भमा २०७८ सालमा मञ्जुश्री साहित्य समाज नागार्जुुन नगरपालिका वडा नं-१ रानीवन काठमाडौंको प्रकाशनमा ख्यातनामा कविवर श्रीहरि फुुयाँल ‘सिरु’ द्वारा रचित बालकविता सङ्ग्रह (बुुबुुमाम सुपुुक्क) आज संक्षिप्त रूपले विवेचनाको केन्द्रमा राख्ने जमर्काे गर्दैछु ।

हुन त श्रीहरि फुयाँल परिचय गराइरहनुु पर्ने नाम होइन । २०१५ मङ्सिर ८ गते नुुवाँकोट ककनी गाउँपालिका जलुकिनीमा माता लिलकुमारी फुँयाल र पिता नन्दप्रसादको सपना साकार पार्दै आँखा खोलेका बहुुआयामिक र बहुुविधामा कलम चलाउने प्रतिभाका शान्त-दान्त स्वभावका नेपाली भाषासाहित्यका अथक साधक हुन् ।
झन्नै दुुई दर्जन कृतिका स्रष्टा फुयाँलका कवितासंग्रह तीन, बालकविता सङ्ग्रह दुुई, खण्डकाव्य चार, महाकाव्य दुुई, संयुक्त महाकाव्य एक, मुक्तकसङ्ग्रह एक, हाइकुुसङ्ग्रह एक, कथासङ्ग्रह एक, उपन्यास एक, समालोचना दुुई, साहित्यिक इतिहास एक र हालै प्रकाशित आत्मपरक निबन्ध र समस्यापूूर्ति कविता-सङ्ग्रह रहेका छन् । निजामतीसेवामा कार्यरत रहँदा र निवृत्त भइसकेपछि पनि उहाँको लेखन एवं पठन संस्कृतिमा कत्ति पनि कमी आएको छैन । नेपाली साहित्यका विविध विधामा चलेको उहाँको लेखनीले बालमनोविज्ञानलाई केन्द्रमा अवस्थित गराएर ‘बुुबुुमाम सुुपुुक्क’ को बालबोलीमा मीठा लोरीहरू पस्किनुु भएको छ । आम बालजगत्लाई बालौरी वा ललौरी जहाँ स्वतः सुर, ताल, लय निर्झरझैँ हाम्फालेर आइपुुग्छन् त्यस्तो रोचक कृति दिनु उहाँको लेखनप्रौढताको परिचायक हो भन्न सकिन्छ ।

बाल हृदयलाई आकर्षण गर्न कुनै शास्त्रीय छन्दमा कुनै गीति, सबाइ, सेलो, झ्याउरे, कुनै टुक्का लयमा छोटा, सटिक र ट्वाक्क हुने स्वादिष्ट खुराक दिएर सचित्र कवितालाई रोचक र नैतिक उच्चता दिन उत्तिकै परिश्रम गर्नुुभएको छ । पुुस्तकभित्र चित्रहरू अझ रङ्गीन भइदिएका भए नानीबाबुुका नजरहरू झनै हर्षले पुलकित हुन्थे कि ? तेइस वटा बालप्रिय गीतहरूको मुुठो कसेर चौसठ्ठी पृष्ठमा गीतिकाया लमतन्न परी सुतेको छ ।

झन्नै दुुई दर्जन कृतिका स्रष्टा फुयाँलका कवितासंग्रह तीन, बालकविता सङ्ग्रह दुुई, खण्डकाव्य चार, महाकाव्य दुुई, संयुक्त महाकाव्य एक, मुक्तकसङ्ग्रह एक, हाइकुुसङ्ग्रह एक, कथासङ्ग्रह एक, उपन्यास एक, समालोचना दुुई, साहित्यिक इतिहास एक र हालै प्रकाशित आत्मपरक निबन्ध र समस्यापूूर्ति कविता-सङ्ग्रह रहेका छन् ।

नानीबाबुुहरूका सामुुदायिक विविधताको ख्याल गरी गीतहरूले भाका पाएका छन् । बुुबुुमाम सुुपुुक्क यो शीर्षकको सिर्जनाको थालनीमा र अन्त्यमा दुुबैतिर उल्लेख गरेर बुुबुुमामको गुणगानमा बालहृदयलाई खिच्ने काम गरेको छ भने उनीहरूको खाने, खेल्ने, पढ्ने, नाचगाँन गर्नेजस्तो दैनिक तालिकालाई रमाइलो तरिकाले व्यवस्थित बनाइदिनुुभएको देखिन्छ । ससाना नानीबाबुुहरूलाई सिर्जनातिर झुमाउन तथा काव्यमाधुरीका रस चुमाउन श्रीहरिको कौशलता स्तुुत्य छ । बालहृदयका सन्देह, कौतुुहलता, जिज्ञासा, चञ्चलता र कोमलतालाई उजागर गर्दै कविले विभिन्न शीर्षकका गीतहरू लोकछन्दको बाहुल्यमा पस्किएर गेयमाधुुर्य प्रदान गरिदिनुुभएको छ ।

अनुुष्टुुप छन्दको ‘आजका कोपिला’ शीर्षकको कविताले अहिलेका कोपिलाजस्ता बालबालिका भोलिका फूल बनेर फक्रँदै धराधामलाई सुुगन्धले मगमगाउँदो बनाउन सन्देश दिएका छन् र भोलिका राजनेता, देशका स्तम्भ तथा नवनिर्माणका ज्योति बन्न पुुग्छन् भन्ने सुसपना बाँडेका छन् । अर्को ‘कर्तव्य’ शीर्षकले कवि एवं गीताकार यस्तो सुललित र सुुन्दर सपनामा पोखिन्छन् ।
भविष्य त्यो बनाउने
अनेक स्वप्न देख्नुु छ
समाजको र देशको
सुकीर्तिगान लेख्नुु छ ।
बालबोधी शब्दमा कति गहिरो दूरदृष्टि विचारको सृष्टि गरेका छन् सर्जकले । यसै क्रममा ‘काग करायो’ बालौरी कागको कर्मवादी चरित्र, वातावरणलाई परिशुद्ध पार्ने प्राणी, चलाख भएर पनि आफ्नै नाम काट्दै हिँड्ने, धूर्त भएर पनि अल्छी नहुने स्वभावको चाखिलो वर्णन छ । का का, भुुर्र भुुर्र जस्ता अनुकरणात्मक शब्दले गीतको अभिव्यक्तिमा तिख्खरता छरेको छ, भने अर्कोतिर भँगेराको चिर्विरलाई गीतसङ्गीतको भाव र सर्गमसित सुस्वादु तुलना गरेको यो उद्धरण मननीय छ ।
चिर्बिरचिर्बिर गरेर
गीत गाइदे
सङ्गीतको माधुरीमा
मीत लाइदे ।
यस सङ्ग्रहका अन्य गीत ‘छट्टुमाकुरो, हाम्रो घरको बिरालो’ जस्ता मनोविनोदात्मक गीतभित्र छिपछिपे व्यञ्जना नाचेको छ भने यिनीहरूको शारीरिक संरचना, छली र दुुष्ट बानीको पनि मीठो बालबोधी चित्रण छ । माकुराको कति जीवन्त चित्रण छ यो ससाना चार लहरमा:-
झुुसैझुुस भएको
लामा लामा खुट्टा
जाल बुन्ने जाली यो
कान छैन छुुट्टा ।
त्यस्तै हाम्रो घरको बिरालो, भन्ने गीतले बिरालो जातिको शारीरिक स्वरूप र मानसिक दशालाई छेडखानी भाषामा मूूर्त चित्रण गरेर बालमनलाई आकर्षण गरेका छन् । जस्तै :
मुसा मार्न छाडेर
नङ्ग्रे हात पसार्छ
बुुबुुमाम खाएर
दाह्रीजुँगा मुुसार्छ ।

हाम्रो घरमा पालेको
बाघबुट्टे बिरालो
लुसुुलुुसुु हिँड्छ
उकालो र भिरालो ।
‘हाम्रो घरको परेवा’ भन्ने अर्को शीर्षकको गीतभित्र बालहृदय आह्लादित गर्ने यी पङ्क्तिहरूले चुुम्बकत्व छरेका छन् । अनुकरणात्मक र देशज शब्दहरूको मीठो आनुप्रासिकतामा सलल्ल बगेका केही लहर :
हाम्रो घरको परेवा
उड्छ भुर्रभुर्र
गुँडबाट गर्छ कैले
माकुुर घुर्रघुुर्र ।

चारा छरिदिएपछि
ट्वाक्क ट्वाक्क ठुुङ्दै
उसले आफ्नो पेट भर्न
टप्पटप्प टिप्दै ।
यसैगरी अन्य रोचक हास्यविनोदमिश्रित छोटा भएर पनि मोटा वा गहकिला सन्देश संप्रेषण गर्ने बालगीतहरूमा : ‘हेर्न जाऊँ फट्याङ्ग्रो, चलाऊँ है जाँगर, कोइलीजस्तै बाठो बन्नुुपर्छ, बकुल्ला’ आदि उत्तिकै पठनीय छन् । कविले मानिस प्रकृति र पशुपक्षीहरू स्रष्टाका सुन्दरतम उपहार तथा वरदान हुन् । एकआपसका राम्रा पक्षहरू मानिसले पनि उनीहरूबाट आफ्नो दैनिकीमा ग्रहण गर्नसक्नुुपर्छ भनेका छन् ।
देशभक्ति, प्रकृतिप्रेम, नेपाली वाङ्मयका साधकहरूको सम्मान, बालबालिकाका कर्तव्य, सांस्कृतिक गौरवहरूलाई आत्मसात् गर्न निम्न शीर्षकका चोटिला सिर्जनाहरू सक्षम र सबल देखिन्छन् । ‘यी हुन् दातृभूूमि’ शीर्षको गीतले जन्मभूूमिको अचुुक भक्ति यसरी दिएको छ :
आमाभन्दा ठूली हुन्छिन्
आफ्नो मातृभूूमि
आमालेझैँ माया गर्छिन्
यी हुन् दातृभूूमि ।
झुटो कुरा बोल्नुुहुुन्न
सत्य बोल्नुुपर्छ
आफ्नो देशलाई सधैँ
माया गर्नुपर्छ ।
बालबालिकाका मृदुल मनमगजमा प्रकृतिप्रेको बीजारोपण गर्न ‘आयो नयाँ वर्ष, शरद् लाग्यो, हामी बाँच्नुुपर्छ,’ आदि शीर्षकका गानभित्र हाम्रो सुुन्दर एवं रमणीय प्रकृति वैभवमा मान भर्दै बालरसनामा भिजेको सुुमधुर धुन र सुुरमा गुुन्जाएका छन् गीतकार श्रीहरिले ।
उदाहरणका लागि यी लहर :
वर्षा ऋतु गयो अब, भयो घमाइलो
शरद् ऋतुु लाग्यो अहा ! सारै रमाइलो ।
लिङ्गेपिङ रोटेपिङ, हामी खेलौँला
राम्रोसित चाडपर्व, हामी मनाऊँला ।
सबाइ छन्दमा ‘आयो नयाँ वर्षले’ भन्ने गीतमा वसन्तको मनमोहक दृश्य र कुुसुम ऋतुको कति जीवन्त तस्वीर उतारेर बालबालिकाका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन मजैसित कुतकुुत्याएको छ भने कल्पना गर्ने शक्तिलाई बल दिएको छ । जस्तै :
गुराँस र सुनगाभा, फुले बनैभरि
हाँसूूहाँसूू नाचुुँनाचूूँ, भयो मनैभरि ।
काफलका मीठा दाना, फले लटरम्म
सारै मीठो बास्ना चल्यो, हाम्रो घरसम्म ।।
आलङ्कारिक चमकमा भावको महक शब्दहरूको सजधज पाएर गीतीसागर कति निर्मल बन्न पुुगेको छ । नानी बाबुका अन्तहृदय त्यसै त्यसै झुम्छन् । नेपाली भाषाका आदिकवि र महाकविका काव्यिक शक्तिलाई उजागर गरी नेपालका उज्ज्वल विभूतिद्वयको विशेषता तथा काव्यसाधनाका तपस्यालाई प्रतिकात्मक रूपमा उठान गरेर कविले यो गीतसङ्ग्रहलाई थप गहकिलो बनाउनुभएको छ ।

डेढ दर्जनभन्दा बढी सामाजिक र साहित्यिक संस्थाहरूमा पदीय दायित्वको गुरुतम भारवहन गरेका फुयाँल सामाजिक र साहित्यिक व्यक्तित्वका धरोहर नै हुन् । राष्ट्रिय स्तरका विभिन्न पुरस्कारबाट पुरस्कृत तथा सम्मानित श्रीहरि छन्द कविताका एक गजपथ नै बनेका छन् ।

यसै सन्दर्भमा नेपालको गुणगान सिकाउँदै सुुन्दर आनुुप्रासिक कौशलतामा बहेका यी हृदय र मस्तिष्कलाई हल्लाउने केही लहरहरू बालबालिकाहरूमा टोनिकै भएर रमाएको छ :
हरियो छ जङ्गल, चरा बोल्छन् मङ्गल
कति राम्रा हिमाल, हाम्रो देश नेपाल ।
कति राम्रो गुराँस, लाऊँ क्यारे टिपेर
सौन्दर्यको मूल हो, यो राष्ट्रिय फूल हो ।
सर्सती यो गीतसङ्ग्रहभित्र विचरण गर्दा कीट, पतङ्ग, चरा, जनावर, प्रकृतिका उपहार तथा वातावरणको बालसुुलभ शैली र छोटा-छोटा गीति झङ्कार झङ्कृत भएका छन् । यस सन्दर्भमा नेपाली साहित्यका मूूर्धन्य कविहरूको देन एवं प्रवृत्ति, देशभक्ति, प्रकृतिप्रेम, नैतिकता, सन्देशपरक वचन, र विनोदात्मक शैली यो पुस्तकको विशेषता हो । बालबोधी, सरल र सहज संरचना अनुुकरणात्मक एवं अनुरणत्मक शब्दहरूको जमघटले गीतमा मजैले प्रीत लगाएको छ । घन्काई, रन्काई, टुुक्रुुक्क, सुुपुक्क, भुर्रभुर्र, बुुद्रुकबुुद्रुुक, चिर्बिर, सुलुक्कै, छङछङ, कुुर्रकुुर्र, कल्कल, सल्सल, लुसुलुसुु, मुुसुुक्क, छमछम, टप्पटप्प, माकुर, घुुर्रघुुर्र आदि अनगिन्ती नेपाली प्राकृत शब्दका ध्वनिले काव्यको दैहिक संरचनालाई सजीव बनाउन सफल भएको छ ।

डेढ दर्जनभन्दा बढी सामाजिक र साहित्यिक संस्थाहरूमा पदीय दायित्वको गुरुतम भारवहन गरेका फुयाँल सामाजिक र साहित्यिक व्यक्तित्वका धरोहर नै हुन् । राष्ट्रिय स्तरका विभिन्न पुरस्कारबाट पुरस्कृत तथा सम्मानित श्रीहरि छन्द कविताका एक गजपथ नै बनेका छन् । गोरखा जनकल्याण संघको आयोजनामा २०७५ असार ८ गते ‘बहुुआयामिक व्यक्तित्व श्रीहरि फुयाँल’ बृहत् ग्रन्थसहित सार्वजनिक रूपमा अभिनन्दित तथा अभिवन्दित भइसकेका छन् । सरलता, विनम्रता, मिलनसारिता र सिर्जशील दैनिकीका यिनी अरूको अस्तित्वलाई सम्मान गर्न पछि पर्दैनन् । सम्पूर्ण बालबालिकाको जिब्रोमा उनको यो गीतसङ्ग्रह आकर्षणको केन्द्र बन्नेछ छ । जय होस् ! हरिसमान विचारका प्रक्षेपक श्रीहरिमा !!! अस्तुु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
जगन फुयाल
जगन फुयाल
2023-06-18 6:28 pm

It’s very good many more thanks to Shree Hari phuyal .

रिलेटेड न्युज

छुटाउनुभयो कि ?