सुनचाँदीको मूल्य घट्यो

Read Time = 1 min

काठमाडौ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनचाँदीको मूल्य घटेको छ ।

बुधबार सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । मंगलबार १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी बुधबार १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?