अमरेशकुमार सिंहको प्रश्न : रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा वर्षौँ लाग्ने ?

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा नागरिकताको विषय उठान गर्दै उहाँले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाउनु भएको हो ।

‘हामी अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छौँ। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने, तर अरुको मुद्दामा वर्षौँ लाग्ने ?,’ सांसद सिंहले भन्नुभयो ।

सांसद सिंहले नागरिकता नपाएकाहरुले गरेको आन्दोलनमा प्रहरी हस्तक्षेपको पनि विरोध गर्नुभयो ।

सांसद सिंहले भन्नु भयो, ‘केही दिनदेखि नागरिकता नपाएकाहरु माईतीघर मण्डलामा धर्नामा बसेका छन । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नु भएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाईज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चेकेकै छन । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । हिजो नै उनीहरुसँग जुट व्यवहार भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् । सरकारसँग माग गर्न चाहन्छु । ’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?