काठमाडौं । किनमेल पनि, बचत पनि भन्ने नाराका साथ अनलाइन बजार दराजले ग्राहक लक्षित ‘पे-डको झट्का’ घोषणा गरेको छ । योजनाअन्तर्गत प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ लिन सकिनेछ । पे-डको झट्का अभियान चार दिन असार ७ देखि १० गतेसम्म रहनेछ ।
हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकले निःशुल्क डेलिभरी सुविधा पाउनुका साथै सात सय ७७ रुपैयाँसम्मको भाउचर पनि प्राप्त गर्न सक्नेछन् । अभियानका क्रममा इसेवामार्फत् २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । दराज मलबाट सामान किन्दा मेगा गिव अवेका रूपमा ग्राहकले सामसुङ ग्यालेक्सी एम ०४ प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं