लोकदोहोरी व्यवसायीलाई अनुमति पत्र

Read Time = 2 mins

काठमाडौं । काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोकदोहोरी व्यवसायीलाई गीतसंगीतको सार्वजनिक प्रयोग गर्न अनुमति पत्र (लाइसेन्स) प्रदान गरिएको छ । नेपाल प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीसँग ‘प्रतिलिपि अधिकार कानुन कार्यान्वयन तथा लोक दोहोरी साँझ रेष्टुरेन्टको सार्वजनिक प्रयोगवापतको संगीत रोयल्टी’ विषयक अन्तक्र्रियामा उनीहरूलाई अनुमति पत्र प्रदान गरिएको हो ।

संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगरले प्रतिलिपि अधिकार ऐन २०५९को दफा ३९ तथा नियमावली २०६१को दफा १० बमोजिम लोकदोहोरी साँझहरूलाई सामूहिक रोयल्टी व्यवस्थापन समूहहरू र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीतसंगीतको सार्वजनिक रूपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा संस्कृति महाशाखा प्रमुख डा.सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार उत्तम दवाडी, पूर्वरजिष्ट्रार बिसुकुमार केसी, सुरेश अधिकारी, निर्णय श्रेष्ठ महेश खड्का, मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरूले रोयल्टी बारेमा आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?