सासुको हत्या आरोपमा बुहारी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

धनकुटा । धनकुटाको साँगुरीगढी- ४ फाक्सिबमा कुटपिट गरी सासुको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गर्दा उहाँको तीन दिनपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विषयमा विवाद हुँदा विष्णुमायाले सुकमायालाई कुटपिट गर्दा ज्यान गएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो।

प्रत्यक्षदर्शी र शव जाँचको आधारमा कुटपिटमा संलग्न विष्णुमायालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?