टुसाल विद्यालयस्तरीय पौडी हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दोस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना हुने भएको छ । टुसाल मल्टिभेन्यु प्रालिले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता असार १५ गते हुने जनाएको छ । प्रतियोगितामा २५ मिटरको फ्री स्टाइल विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गल्र्स र सिनियर ब्वाइज र सिनियर गल्र्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।

विजयी खेलाडीहरूलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरूले सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १०० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम्म २१ स्कुलले सहभागिताका लागि नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?