सिंजा गाउँपालिकाको प्राथमिकता पर्यटन क्षेत्र

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 5 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षैत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

खस भाषाको जन्मथलो समेत रहेको सिंजालाई पर्यटकीय हबमा विकासित गर्नेका लागि पालिका भित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवद्र्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको अध्यक्ष धितालले भन्नुभयो,“ पर्यटन बोर्डसंग सहकार्यमा खस रितिरिवाज र संस्कृति समेटको खस क्यालेण्डर निर्माण गरि कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले लिएको छ ।’ खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न संघीय सरकारसंग पहल गरिने सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

सिंजाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं. ३ स्थित राइके पाखोमा सिंजा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्सा निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरि गाउँपालिकाले काम गरेको उपाध्यक्ष सितली रोकायाले बताउनुभयो । खस भाषाको संग्राहलय निर्माणको कामलाई निरन्तरता दिँदै यूनेस्कोको सहयोगमा सिंजालाई मुर्त अर्मुत विश्व सम्पदा सुचीको रुपमा अगाडी बढाउन गरु योजना तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।

जिल्लाकै पवित्र धार्मिक पर्यटकीय स्थल सिंजाको केदारनाथमा आउने भदौ १० मा धार्मिक मेला लाग्ने भएको छ । नेपाल सरकारका पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीबाट उक्त धार्मिक पर्यटकीय मेलाको उद्घाटन हुने सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । पालिकाको आयोजनामाहुने केदारनाथ मेलाको उद्घाटन गर्न पर्यटन मन्त्री किराँती लाई निमन्त्रणा गरिएको छ । अध्यक्ष धितालले भन्नुभयो,“ सो मेलाको उद्घाटन गर्ने मन्त्री किराँती सिंजा आउनु हुने भएको छ । भाद्र १० गते श्रावण शुक्ल पक्ष को एकादशिका दिन उद्घाटन हुने उक्त मेला सिंजाको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएको छ ।” सिंजाका अन्य पर्यटकीय क्षेत्र सहित जुम्ला वीमानस्थल,चन्दननाथ मन्दिर र सिंजा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पर्यटन मन्त्रीको दृढताका कारण यो बर्ष जुम्ला विमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ ।

चन्दननाथ मन्दिरको विस्तार र सिंजा सँग्राहलयका लागि दीर्घकालिन बजेटको व्यबस्थापन संघीय सरकारको बजेट भाषणमा सम्बोधन भएको जुम्लाका माननीय छिरिङ लामाले जानकारी दिनुभयो । सिंजा गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम बजेटमा केदारनाथलाई देश भरिकै धार्मिक र प्राकृतिक पर्यटनका रुपमा बिकास गर्ने कार्यलाई विशेष प्रथामिकतामा राखेर काम गरेको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाको भनाइ छ ।

गाउँपालिका वडा – ४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल केदारनाथ लगायत पालिका भित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वका स्थलहरु उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वका स्थलहरु ओझेलमा परेको सिंजा गाउँपालिका प्रवक्ता तिर्थ वडले बताउनुभयो । समुद्धि सतहदेखी लगभग ३५ सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?