नमिताको ‘परिचय’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार नमिता दवाडीको नयाँ गीत ‘परिचय’ सार्वजनिक भएको छ । श्रेया अगस्तीको स्वर, ज्ञानेन्द्र गिरीको संगीत र विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन श्रोता÷दर्शकमाझ ल्याइएको हो ।

भिडियोले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए)हरूको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउनुहुन्छ ।

समाजमा तेस्रो लिंगीहरूले भोग्नु परेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरूले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनुपर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउनुहुन्छ ।
भिडियोमा कमल सिंह मुख्य भूमिकामा हुनुहुन्छ भने नुर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय देख्न सकिन्छ । त्यस्तै लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुलीको सह-भूमिका छ । भिडियोमा बालकलाकारका रुपमा आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटाको पनि अभिनय छ ।

अगस्तीको निर्देशनमा तयार भएको भिडियोको छायांकन दिनेश पराजुलीले गनुएभएको हो भने भिडियोको सम्पादन र कलरिङ शिलन लम्सालले गर्नुभएको छ । नेपाली गीतसंगीत र साहित्यको क्षेत्रमा सक्रिय दवाडी न्यूजल्याण्डमा बस्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?