कर्णाली राजमार्ग अतिक्रमण गरी बनाइएका घर टहरा हटाइँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गमा जथाभावी निर्माण गरेका घर टहरा हटाउने भएको छ ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र भित्र पर्ने राजमार्ग अन्तर्गत खुलालुदेखी नाग्म बजारहुदै जुम्ला खलगांसम्म र रारा राजमार्गको नाग्मदेखी गमगढी हुदै नाक्चालाग्ना सडक खण्डको सिमा भित्र बनेका स्थायी,अस्थायी,घर टहरा सडकको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन लागि परेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी चित्र चौलागाईले जानकारी दिनुभयो ।

कर्णाली राजमार्गमा पर्ने उक्त क्षेत्रको दायाँबायाँका अतिक्रमित संरचना हटाउने भनी ३५ दिने सार्वजनिक सुचना समेत जारी गरेका छौ । सुचना अधिकारी चौलागाईले भन्नुभयो, “राजमार्गमा बनेका संरचना हटाई सडक फराकिलो बनाउन कार्यालय लागि परेको छ । सडकको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पटक– पटक सूचना प्रकाशित गरे पनि अटेर गरेकाले सर्वजनिक सडक ऐन २०३१ को दफा १८ (३) अनुसार कार्यालय अगाडि बढ्ने सुचना अधिकारी चौलागाईको भनाइ छ । ”

सडकमा राखेका सामग्री,होटल व्यवसायीहरुले मदिरा उत्पादन कर्ताहरु एवम् डिलरहरुद्धारा राजमार्गको सिमाक्षेत्र भित्र होर्डिङ,विज्ञापन वोर्डहरु राखेको पाइएकोले सडक सुरक्षाको दुष्टिकोणले जोखिमयुक्त हुने भएकाले हटाउन भनी सार्वजनिक सुचना जारी गरिएको सडक कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र बहादुर बिष्टले बताउनुभयो ।

सडकको सीमा मिचेर बनाइएका घर, टहरालगायतका संरचना अविलम्ब हटाएर सडकको जग्गा खाली गर्न जिल्लाका स्थानीय तहलाई पत्राचार गरिएको सडक कार्यालयले जनाएको छ । अहिलेसम्म स्थानीय तहले राजमार्गको अतिक्रमण हटाउने कदम चालेका छैनन् । बितेका वर्षहरुमा पनि कार्यालयले अतिक्रमण हटाउन निर्णायक पहल गरेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार स्थानीय तहले सम्झाउँदा पनि हट्न नमानेमा प्रशासनको सहयोग लिएर जुनसुकै बेला बल प्रयोग गरेर अतिक्रमण हटाइने सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो । सडकलाई अतिक्रमणबाट जोगाउने जिम्मेवारी स्थानीय सरकारको भएता पनि जनप्रतिनिधिहरुले बेवास्ता गर्दे आएकाछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?