श्रीलंकाको घरेलु ऋण अनुकूलन सदनबाट पारित

Read Time = 2 mins

कोलम्बो । श्रीलंकाको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए । श्रीलंका संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसद्लाई जानकारी दिनुभयो ।

विपक्षी सांसद वडिवेल सुरेश, कुमारा वेलगामा र स्वतन्त्र सांसद अनुरा प्रियदर्शन यापा र डा.सुदर्शनी फर्नान्डोपुल्ले प्रस्तावको पक्षमा मतदान गरेको कोलम्बो ग्याजेटले उल्लेख गरेको छ । संसद्ले शनिबार घरेलु कर्जा अनुकूलनसम्बन्धी प्रस्तावमाथि पूर्णता दिन बहस गर्ने निर्णय गरेको थियो ।

यसअघि, सार्वजनिक वित्त समिति (सिओपीएफ)ले घरेलु ऋण अप्टिमाइजेसनसम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । यसअघि, डा.हर्ष डे सिल्भाको अध्यक्षतामा रहेको सार्वजनिक वित्त समितिमा घरेलु ऋण अप्टिमाइजेसनबारे विस्तृत छलफल भएको थियो ।

कोलम्बो ग्याजेटका अनुसार श्रीलंकाको केन्द्रीय बैंक-सिबीएसएल)का गभर्नर डा.नन्दलाल वीरासिंघे, कोष सचिव केएम महिन्दा सिरिवद्र्धना र अर्थ, आर्थिक स्थिरता र राष्ट्रिय नीति मन्त्रालयका उच्च अधिकारीसँग पनि छलफल भएको थियो ।

आर्थिक संकटको सामाना गरिरहेको श्रीलंकाले यसबाट मुक्ति पाउनका लागि विभिन्न किसिमका आर्थिक र राजनीतिक उपायहरू अवलम्बन गरिरहेको छ । रासस÷एएनआई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?