कबिता-“संवाद”

Prashant Tiwari
Read Time = 1 min

मधुर धुनमा गुन्जिएको गाना,

बदन छोइ टप्किएको पसिना दाना,

बतासमा बसन्तको पालुवा लहलह,

जुनेली रात आकाशमा जुन टहटह,

अर्धगोलाकार जुनसंगै झुल्के रातका तारा।

फुलझै फुलेकि ए हिमालकि छोरी,

फुलझै लजाएकि ए पहाडकि छोरी,

क्षणिकको रुपरङ क्षणिकको मान्यजन,

क्षणिकमै हराउने यो क्षणिकको जोवन,

हेर् त,,,,,,,,

मोहनीको मन्दिरमा लालहित भएका सारा।

बगेकि सागर भेट्ने आशमा,

पहाडको फेदीमा,,

कोइली बोल्न थाल्यो मधुर धुनमा,

कालो कोइलाको खाडलमा,

हिरा भयो सधै जुहारि।

एकै छिनको लोभ,

एकै छिनको लाभ,

मृगजस्तो चनचले मन,

छिनभरमै खाइदियो डढेलोले वन,

अनि बन्यो इश्वर पुज्ने पुजारी।

ऊ आयो,

पिरतीको हुल ल्यायो,

अधेरि रातमा तर्साउन आयो,

किन पाकेको घाउलाइ रंगिन बैँस ल्यायो,

झ्याप्प निभ्यो लगी छाड्यो खोला किनारमा।

कहाँ जाऊ,

कुन यात्री बनु,

शुन्य संसारमा,

नानिझै टासिएछ यी आखामा,

सौन्दर्यको छाया तिमि! राखे छातीको किनारमा।

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?