सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । बुधबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?