गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु छोराको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु छोराको मृत्यु भएको छ । रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको गुडिरहेको बसमा करेन्ट लागेर मृत्यु भएकाे हाे ।

बुधबार राति चलेको हावाहुरीले सडक छेउको बिजुलीको तारमा रुख ढलेको र सडकबाट उक्त बस पार हुँदा बसमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।

रा १ ख ८३४ नम्बरको बसमा २० देखि २५ जना सम्म सवार भएको बताइएको छ । बस दाङबाट रोल्पा जादै गरेको थियो । प्रहरीकाअनुसार घटना राप्ती राजमार्गको चोर खोला नजिकै भएको हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?