ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिनाधितो प्र्रदान गर्नेछ भने कर्जा १२.०८ प्रतिशतको स्थिर ब्याजदरमा पाइनेछ ।

२१ वर्ष वा सोभन्दा बढी उमेरका श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकले योजनाअन्तर्गत आइएमई पे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल, भारत र भुटानबाहेक मलेसिया, साउदी अरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तव्यहरूमा वैदेशिक रोजगारीका लागि जानेहरूलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउने र कर्जा अवधि १८ महिनाको हुने बताइएको छ । बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमई पे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा यस्तो कर्जा कार्यक्रम ल्याएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?