बस्नेत र उप्रेतीलाई योगमाया सम्मान समर्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । योगमायाको नाममा स्थापित दुई सम्मान समर्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान-२०८०’ अन्वेषक चन्द्रबहादुर बस्नेतलाई र ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान-२०८०’ जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीलाई समर्पण गरिएको हो ।

उक्त सम्मानका साथ नगद राशि क्रमशः ३५ हजार र २५ हजार १११ रुपैयाँको थैलीसमेत प्रदान गरिएको थियो । प्रमुख अतिथि कवि तुलसी दिवसले स्रष्टाहरूलाई सम्मानित गर्दै समाजको योगमायाप्रतिको चासो र कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

मन्तव्यका क्रममा सम्मानित स्रष्टाहरूले प्राप्त सम्मानले आफूहरूमा ऊर्जा थपिएको सुनाउनुभयो । सो अवसरमा योगमाया न्यौपानेको संघर्ष र योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा प्राडा. गोविन्दमानसिंह कार्की, पवन आलोक, राजेश न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, मधु पाठकलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान पवन आलोकले स्थापना गर्नुभएको हो भने योगमाया न्यौपाने अभियन्ता सम्मान राजेश न्यौपानेले स्थापना गर्नुभएको हो । कार्यक्रममा समाजको मुखपत्र ‘स्रष्टा दर्पण’को योगमाया विशेषांक पनि सार्वजनिक गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?