नवीन न्यौपाने एन्फाको हेड अफ एकेडेमीमा नियुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नवीन न्यौपानेले त्रिभुवन आर्मी फुटबल क्लबको पुरुष टोलीको प्रशिक्षकबाट राजीनामा दिनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) हेड अफ एकेडेमी नियुक्त भएपछि न्यौपानेले आर्मीको प्रशिक्षक पदबाट राजीनामा दिनुभएको हो ।

न्यौपानेले आर्मीमा ७ वर्ष बिताउँनुभयो । २०७३ मा आर्मीमा आबद्ध भएयता न्यौपानेले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदकसहित २४ वटा उपाधि दिलाउनुभएको थियो । लिगमा उहाँको प्रशिक्षणमा आर्मीले दोस्रो स्थान प्राप्त गरेको थियो । एन्फाले पहिलादेखि नै प्रस्ताव गरेकोले नयाँ चुनौती स्वीकार गर्दै हेड अफ एकेडेमीको जिम्मेवारी सम्हाल्न लागेको न्यौपानेले बताउनुभयो ।

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार एन्फाले बुटवल र धरानमा सन्चालन गर्दै आएको एकेडेमी तथा भविष्यमा महिला खेलाडीका लागि तीन ठाँउमा सन्चालन गर्न लागिएको महिला एकेडेमीको प्रमुखका रुपमा न्यौपानेलाई नियुक्त गरिएको छ ।

 

आर्मीले न्यौपानेको स्थानमा मेघराज केसीलाई नयाँ प्रशिक्षकका रुपमा अनुबन्धन गर्ने तयारी गरिरहेको छ । केसीले यसअघि पनि आर्मीको टोली सम्हालिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?