कविता : आमा ! मुस्कुराउनु परिरहेछ

हिमालय टाइम्स
Read Time = 3 mins

आमा ! कहाँदुखेको हो, यो मन दुखिरहन्छ, दुखिरहन्छ,
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।

आमा ! पानीदिने मालीहरू नभएर त्यो कर्मथलोमा
रूखहरू ठिंग्रिङ्ग सुकेर बसिरहेका छन् आगोको पर्खाइमा,
हावाचलिरहेकै छ, पातहरूले झर्नु परिरहेको छ,
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! जुरौटो, घरबारीका कतै पनि साँध देखिँंदैन,
सबै एकनास एकरसमा बन्द आवाजमा रहेका छन्
तिमी छैनौं भन्ने जानेर पनि ‘आँसु’झरिरहेको छ
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! तिमी क्षणभंगुरमै देह छोडेर धर्मराजको सभामा गयौँ
खै ! हिजो मान्छे मरेपछि नर्क वा स्वर्ग जान्थ्यो भन्थे, कतागयौँ
आजतिमी साथबाटै हराउँदा खोज्दै नयनका गंगा बगिरहेछ,
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! तिम्रो पार्थिव शरीर अग्निले चितामा भस्म गराउँदा
मब्रहृमनाललाई ‘मेरी आमा देखेऊ’भनी सोधी रहेकी थिएँ,
धर्मराजलाई ‘मेरी आमा फिर्तादेऊ’भन्दै अनुनयमै पनि पोखिँदै थियो ‘आँसु’
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! भन्नथाले कहिले छोडौली र भन्सार रजाइँको रत्यौली गाउँला
भो ! भो ! यो आर्यघाटबाट त कसरी हामीले यो चोला फर्काउला !
फेरी ! ‘रातभर कु¥यो बुढी जीउँदै’ भन्दा मन दुखिरहन्छ, आमा !
बहानामा ‘बहिरी नै हुँ’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! घरमा लुटपाट भयो, तिम्रो गहना, धन सबै लुटियो
लुटियो आमा ! मेरो तिमीले दिएको जन्मसिद्ध स्वाभिमान !
मतिम्रो मृत्युमा ‘खुशीको नाटकघर’ निर्माण गरिरहेछु आमा !
बहानामा ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! फुली समेत गएन तिमीसँग न गएकानका कुण्डल
दोषहरूको बगैँचामा म सियोले खोपिएर उनिरहेछु
बादलहरूको भिडमा ‘कुहिरी मण्डल’ को स्तम्भबुनिरहेछु
बहानामा सबैमाँझ ‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।
आमा ! घाँससँगै वगेकाआँसु र घासमै रमेकापलहरूमा
माटोसँग गाजल, क्रिम, अनि अंग–अंगका सिंगारहरूमा
तिमीले सिंगारेको ति ‘बेहुली’फूलबारीका नाँचहरूमा
मातृवियोगको चाङ्को चोइटाइमा आज मैले हे आमा !
‘हर्शको आँसु’ भनेर मुस्कुराउनु परिरहेछ ।

-सर्वानन्दा सरस्वती
मेलम्ची–२, सिन्धुपाल्चोक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?