संसदीय अभ्यासमाथि नाङ्गो प्रहार भएको भन्दै कोशी सरकार तत्काल भंग गर्न एमालेको माग

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशसभामा सत्ता पक्षबाट संविधान विरोधी क्रियाकलाप भएको बताएको छ । कोशी प्रदेश सरकार गठनका विषयमा असंवैधानिक भएको भन्दै एमाले उक्त सरकार तत्काल भंग गर्न माग समेत गरेको छ ।

शनिबार बसेको केन्द्रीय सचिवालय बैठक पछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, ‘कोशी प्रदेशसभामा सत्ता पक्षबाट गरिएको संविधान विरोधी क्रियाकलाप यस शृङ्खलाको पछिल्लो कडीका रुपमा रहेको छ । ’

साथै एमालेले कोशीमा नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न समेत आग्रह गरेको छ । कोशी प्रदेशमा सभामुखको समेत हस्ताक्षर गराई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्नु भएको छ । सोही हस्ताक्षरसमेत गणना गरेर प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

एमालेको केन्द्रीय सचिवालय बैठकले पनि सरकार गठनमा सभामुखको संलग्नता लोकतान्त्रिक र संसदीय अभ्यासमाथिकै प्रहार भएको एमालेले ठहर गरेको ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार गठन गर्ने वा हटाउने सम्बन्धमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मान्यता, एवं हाम्रो आफ्नो लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?