डिपो कार्यालयमा तोडफोड गरेपछि जुम्लामा वडाबाटै नून वितरण गरिँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका नागरिकले नुन वितरणमा सहज नभएको भन्दै गत असार ३१ गते डिपो कार्यालयमा तोडफोड गरेपछि साल्टट्रेनिङ कार्यालय जुम्लाले यहाँका आठवटै स्थानीय तहको वडास्तरबाटै नून वितरण गर्ने भएको छ ।

स्थानीय प्रशासनले नूनको व्यवस्थापन प्रभावकारी वनाउन वडाबाट वितरण हुने गरि व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो ।

डिपो कार्यालयमा तोडफोड भएको घटनाको बिषयमा नेपाल साल्टट्रेनिङ कार्यालयलाई सत्यतथ्य छानविन गर्ने अनुरोध समेत गरिएको छ । थप नुनको प्रभावकारी व्यवस्थापनका लागि वडामै वितरण गर्न निर्देशन गरेको प्रजिअ घिमिरेको भनाइ छ ।

यो भन्दा पहिला पनि वडामा पठाउने निर्णयलाई कार्यान्वयन गरि वडावाटै वितरण गर्दा उपझोक्ताहरु डिपो कार्यालयमै आउनु नपर्ने र आवश्यकता अनुसार नुन वडामै पठाउने तयारी थालिएको नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लाका प्रमुख खगेन्द्रबहादुर मल्लले बताउनुभयो ।

स्थानीय तहको वडापालिकाको समन्वयमा एक वडालाई बढीमा दश क्विन्टल नुन वडामै केही सातापछि पठाइने भएको छ । कार्यालय प्रमुख मल्लले भन्नुभयो,“ अहिले डिपो कार्यालयमा ८२१ क्विनटल र अरु दुई विक्री केन्द्रमा क्रमश ५५० र ३५० किलो नुन स्टक रहेको छ । गतबर्ष जुम्लाका लागि दुई हजार ५ सय क्विन्टल नून स्किृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नून थप भएकाले नुनको अभाव नहुने कार्यालय प्रमुख मल्लको भनाइ छ ।”

जिल्लाको सिंजा क्षेत्रमा पर्ने हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकाको नराकोटबाटै नुन वितरण हुने गरेको छ । हाल जिल्लाको सदरमुकाम खलंगामा भएको नेपाल खाद्य संस्थान कार्यालयबाट चन्दननाथ नगरपालिका, पातारासी , गुठिचौर,तातोपानी, र तिला गाउँपालिकाका स्थानीयवासिलाई नून वितरण गरिदै आएको साल्टट्रेनिङ कार्यालय जुम्लाले जनाएको छ ।

पातारासी गाउँपालिकामा नूनको डिपोको आवश्यकता रहेको भन्दै विभिन्न चरणमा माग राख्दै आएपनि कार्यान्वयन हुन नसकेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । डिपो विस्तारका लागि पालिकाले पटक पटक पहल गरेपनि सुनुवाई हुन सकेको छैन । जिल्ला स्तरबाट माथिल्लो निकायसम्म सो विषयबारे पुगे पनि कार्यान्वयन हुन नसकेको पातारासी गाउँपालिकाले जनाएको छ । अहिले पनि जुम्ला सदरमुकाममा रहेको डिपो, नराकोट डिपो र गोरुचौर डिपोमा नुन स्टक रहेको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

नुन नपाएपछि स्थानीयवासिले डिपो कार्यालयमा ढुंगाबुढा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जुम्लामा नुनको कमी हुन नदिन सोमबार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय नेपालगंजका महेश प्रमुख चौधरीले जानकारी दिनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?