एनआइसीको अनलाइन कर्जा योजना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामक अर्को एक योजना ल्याएको छ । योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ (मो बैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम् दुई लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल फस्र्ट बैंक बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवद्र्धन गरिरहेको बैंकले ल्याएको कर्जाको लाभ लिनयोग्य ग्राहक मोबाइल बैंकिङ एप वा वेबसाइटमा उपलब्ध ‘एप्लाइ फर लोन अगेन्स्ट एफडी’ विकल्पमा जान सक्नेछन् । उक्त विकल्प छनोटपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिनेछ । त्यसपछि ग्राहकले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि दुई लाखसम्मको कर्जाका लागि आवश्यक विवरण भरेपछि ओटिपी कोड प्राप्त हुनेछ । ओटिपी कोड हालेर शर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकको खातामा तुरुन्तै जम्मा हुनेछ ।

योजनामार्फत् दुई लाखभन्दा माथिको कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर यस बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । न्यूनतम् पाँच हजार रुपैयाँ कर्जा सीमा उपलब्ध योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम् सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण, शर्तबारेमा कर्जा लिने प्रक्रिया जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?