निधि अस्पतालमा डायलोसिस सेवा, प्रतिष्ठानले प्रदान गर्‍यो मेसिन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महेन्द्रनारायण निधि मेमोरियल अस्पताल वसुन्धरामा डायोलिसिस सेवा आरम्भ हुने भएको छ । यस प्रयोजनका लागि महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले निधि मेमोरियल अस्पताललाई हेमो डाइलिसिस् मेसिन दुई र एक्सरे मेसिन एक थान प्रदान गरेको छ ।

नेपाल सरकारबाट काठमाडौं महानगरपालिकामार्फत प्रतिष्ठानलाई प्राप्त अनुदानबाट ती सामग्रीहरू खरिद गरिएको प्रतिष्ठानका कोषाध्यक्ष कमलप्रसाद ढकालले बताउनु भएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष शालीग्राम मिश्रका अनुसार अस्पताललाई सुविधा सम्पन्न बनाउन प्रतिष्ठानले भविष्यमा अरु थप सहयोग गर्दै जानेछ ।

अस्पताल सामग्री संस्थापक अध्यक्ष तथा अस्पताल सञ्चालक सदस्य भानुभक्त ढकाल र अस्पतालका कार्यकारी मेडिकल प्रमुख डा. किरणजंग कुँवरलाई एक संक्षिप्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, कार्यवाहक अध्यक्ष शालीग्राम मिश्र, कोषाध्यक्ष कमलप्रसाद ढकाल, सहसचिव निनु कर्ण, सदस्य बालकृष्ण राई, शम्भु घिमिरे र विनोद अधिकारीले हस्तान्तरण गर्नुभएको थियो ।

अस्पतालका कार्यकारी मेडिकल प्रमुख डा. कुँवरले आजबाट नै डायोलिसिस सेवाआरम्भ गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?