एक अर्काप्रति गालीगलौजको संस्कारले पार्टी अगाडि बढ्न सक्दैन : अर्थमन्त्री डा महत

फाइल तस्बिर

Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले गाली गलौजको संस्कारले पार्टी अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अर्थमन्त्री डा महतले पार्टीभित्र एक अर्काप्रति गालीगलौजको संस्कार विकशित भएको उल्लेख गर्दै उक्त संस्कारले पार्टी अगाडि बढ्न नसक्ने धारणा राख्नुभएको थियो ।

उहाँले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । पार्टीले बिपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँगाउँसम्म पु¥याउनुपर्ने उल्लेख गर्नुभयो ।

“थोरै साक्षरतादर भएको समयमा बिपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँगाउँमा लैजान सके युवा पुस्ताले बिपीको साहित्यबाट प्रेरणा लिन सक्थे”, उहाँले भन्नुभयो ।

पार्टी प्रवक्ता डा महतले कांग्रेसले गरेका राम्रा कामलाई आमजनतासम्म पु¥याउन नसकेको बताउनुभयो । “प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका बिपी लोेकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको बताउनुभयो । “आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने बिपीको विचार थियो, बिपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गथ्र्यो”, उहाँले भन्नुभयो ।

बिपी प्रधानमन्त्री भएका बेलामा छ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिनुभएको नेता पौडेलको भनाइ थियो । कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई बिपी कोइरालासँग जोड्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली उहाँले बताउनुभयो । बिपी आफ्नो लक्ष्यमा प्रष्ट भएको उहाँको भनाइ थियो । अठतीस राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्कनुभएका बिपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का क्षेत्रीय सभापति श्याम खड्का र टोखा नगरपालिका वडा नं ६ की अध्यक्ष शान्ता खनाल पौडेलले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवद्र्धक बिपी राष्ट्रवादी राजनेता भएको बताउनुभयो । बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसर पारेर आजै वृक्षरोपणसमेत गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?