जुम्लामा १७ सय क्विन्टल नुन मौज्दात

Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्ला सदरमुकाम स्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कार्यालयमा प्राप्त मात्रमा नुन रहेको छ । उक्त कार्यालयको डिपोमा अहिले एक हजार ७२१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

सदरमुकामको डिपोमा ८ सय २१ क्विन्टल, सिंजाको नराकोट डिपोमा ५ सय ५० क्विन्टल र गुरुचौर डिपोमा ३ सय ५० क्विन्टल रहेको साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख मल्लको भनाइ छ । जिल्लामा नुनको अभाव हुने छैन । अबको केही सातापछि यहाँका आठवटै स्थानीय तहका वडाबाटै नुन वितरण गरिने भएको छ । वडाको माग बमोजिम नुन वितरण गर्ने कार्यालय लागि परेको प्रमुख मल्लले बताउनुभयो ।

गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट नुन उपझोक्तालाई वितरण भई रहेको थियो । केही अराजक व्यक्तिले भाडँभैलो गरेपछि डिपोमा तोडफोड भएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाले जनाएको छ ।

गत आवकै नुन समयमै ढुवानी नहुँदा वडामा पठाउन सकिएन । जसका करण सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ । गत आव २०७९।८० मा जुम्ला सदरमुकाम सहित तीनै डिपोकालागि ४२ सय क्विन्टल कोटा रहेकोमा सबै ढुवानी भइसकेको छ । साउन ३ गते प्रदेश कार्यालय नेपालगंजबाट तीन सय २० क्विन्टल नुन आएको साल्ट ट्रेडिङ कार्यालय जुम्लाका प्रमुख मल्लले जानकारी दिनुभयो ।

तिला गाउँपालिका नौवटै वडामा नुन ल्याउनका लागि कार्यापालिमा छलफल गरेर सम्बन्धि वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो । वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङ कार्यालय जुम्लासंग समन्वय भइरहेको तिला गाउँपालिका वडा नं. १ का वडाध्यक्ष जंगबहादुर बस्नेतले जानकारी दिनुभयो ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?