काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : विमलेन्द्र निधी

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै रहेको जिकिर गर्नुभयो ।

उहाँले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताउनु भयो । उहाँले काँग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैन, भर्सेस केही पनि छैन । पहिला पनि थिएन, अहिले पनि छैन, नेपाली काँग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन् । संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै काँग्रेसको अबको लक्ष्य हो । किसान, मजदुर, दलित, महिलाको पक्षमा काम गर्ने हो । केन्द्रिय समितिमा सबैले छलफल गर्नुभएको छ, एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्ने छ, जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ । नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्, देशमा अरु त कम्युनिष्ट छन्, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी छन्, लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै छ ।’

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा काँग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?