महजोडीको ‘उ गरेर उ गरौं’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लघु चलचित्र ‘उ गरेर उ गरौं’ सार्वजनिक गरिएको छ । महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौं’ सार्वजनिक गरिएको हो ।

पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथामा समेटिएको यो लघु चलचित्र मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गर्नुभएको हो ।

निर्देशक आचार्यको कथा, पटकथा तथा संवाद चलचित्रमा मह जोडीसँगै वसुन्धरा भुसाल, रवि डंगोल, प्रदीप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले स्थानीय न्यायिक निरुपणको विषयमा बुझाउन चलचित्र निर्माण भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले स्थानीय तहमा न्यायिक समितिबाट समाधान भएका विवादको संख्याले अदालतमा चाप कम भएको सुनाउनुभयो ।

सो अवसरमा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई कदर पत्र प्रदान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?