फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मनिला । फिलिपिन्समा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ भने ४० जनालाई जीबितै उद्धार गरिएको छ ।

राजधानी मनिलानजिकै बिहीबार एक यात्रु डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको फिलिपिन्सको स्थानीय प्रकोप निकायले जनाएको छ ।

बिनगोनान सहरका प्रकोप एजेन्सीका प्रमुख जोसे हर्नान्डेजले ४० जनाको उद्धार गरिएको बताए। उद्धार कार्य जारी छ।

यसैबीच, कोस्ट गार्डले भने कि तीव्र हावाको समयमा सबै यात्रुहरू डराए र एकतर्फ सरेका थिए, जसले गर्दा जहाज पल्टिएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?