नाइजरमा सैन्य विद्रोहप्रति अमेरिका आक्रोशित, राष्ट्रपतिलाई तत्काल रिहा गर्न माग

हिमालय टाइम्स
Read Time = 3 mins

वासिगंटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्।

यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको ‘असंवैधानिक रूपमा वैध सरकार परिवर्तन गर्ने प्रयास’ को कडा निन्दा गरेको थियो।

अष्ट्रेलियाको ब्रिस्बेनमा पत्रकारहरूसँग कुरा गर्दै ब्लिन्केनले भने कि उनले बाजोमसँग टेलिफोनमा कुरा गरेका थिए। यस अवधिमा अमेरिकी विदेशमन्त्रीले थप जानकारी दिएनन् तर उनले मोहम्मद बजुमलाई तत्काल रिहा गर्न र लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापना गर्न अमेरिकाले माग गरिरहेको बताए । विद्रोह अघि नाइजर अस्थिर क्षेत्रमा भए पनि अमेरिकाको सबैभन्दा स्थिर सहयोगी मानिन्थ्यो।

नाइजरसँगको अमेरिकाको सम्बन्धलाई उल्लेख गर्दै ब्लिन्केनले नाइजरसँग धेरै महत्वपूर्ण विषयमा वार्ता भइरहेको थियो तर केही दिनदेखि त्यो संबाद अवरुद्ध भएको बताए ।

अष्ट्रेलियामा रहेका आफ्ना समकक्षीसँग भेटघाट गर्दै आएका ब्लिन्केनले त्यहाँको अवस्था यथाशीघ्र सामान्यमा फर्किनुपर्ने भन्दै यसैमा नाइजेरियाको हित हुने बताए ।

जुलाई २७ मा नाइजरको सेनाले विद्रोह गरी राष्ट्रपति बाजुमलाई राजधानी नियामीमा रहेको उनको निवासमा बन्धक बनाएको थियो। साथै, विद्रोहका सैनिकहरूले शुक्रबार आफ्ना नेता जनरल अब्दुररहमान चियानीलाई राष्ट्रको प्रमुख घोषणा गरेका छन्।

विश्वको गरिब देशको सूचीमा परेको यो देशले सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेपछि त्यहाँ चार पटक ‘कू’ भयो । यससँगै देशमा धेरै पटक ‘कु’ प्रयास असफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?