मानिसको औसत आयु १२० वर्षसम्म बढ्न सक्ने

Read Time = 3 mins

स्टकहोम । कृत्तिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधि र कोरोना भाइरस (कोभिड-१९) महामारीबाट प्राप्त ज्ञानका कारण आगामी केही दशकमा मानव आयु १२० वर्षसम्म बढ्ने अनुमान गरिएको स्वीडेनी टेलिभिजन (एसभीटी)ले आइतबार जनाएको छ । मालार्डालेन युनिभर्सिटी (एमडीयू) का अनुसन्धाता इग्नाट कुलकोभले एसभीटीसँग भन्नुभयो, ‘हाम्रो प्राग्ज्ञान (रोगको पूर्वानुमान) अनुसार मानिसको आयु ५० वर्षभित्र कमसेकम विकसित राष्ट्रमा १०० देखि १२० वर्षको बीचमा हुनेछ ।’

फिनल्याण्ड, फ्रान्स र संयुक्त अधिराज्य (बेलायत)का विश्वविद्यालयका सहकर्मीसँग गरिएको एक अध्ययनको निष्कर्षबारे वैज्ञानिक पत्रिका ‘फ्युचर्स जर्नल’मा प्रकाशित भएको एक अध्ययनको निष्कर्षको बारेमा कुलकोभले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैभन्दा धेरै मानिसले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरीरमा पहिरिन योग्य उपकरण लगाउनेछन् । यी उपकरण चिकित्सक र अस्पतालसँग जोडिनेछन् ।’

कुलकोभले प्रसंगलाई थप जोडनुभयो, ‘यी सेन्सरहरूमध्ये केही ‘इम्प्लान्ट’को रूपमा हुनेछन् । परिणामस्वरूप यस्ता उपकरणले चिकित्सकलाई प्रारम्भिक चरणमा जीवनशैली परिवर्तन गर्न स्वास्थ्यमा सुधार र लामो आयुको साथ सिफारिश गर्न सक्षम बनाउनेछ ।’
अन्य क्षेत्रमा भएको प्रगतिले पनि लामो आयुमा योगदान पुर्‍याउने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । कुलकोभले भन्नुभयो, ‘कोभिड-१९ को महामारीबाट भाइरसलाई कसरी बढी कुशलतापूर्वक पत्ता लगाउने भन्नेबारे राम्रो ज्ञान प्राप्त भएको छ । यसपहिले नै रोगहरूको छिटो निदान गर्न र नयाँ उपचार विकास गर्न कृत्तिम बौद्धिकता (एआई)को प्रयोग गरिएको छ ।’

व्यक्तिगत रूपमा तयार पारिएका औषधिसँग व्यक्तिगत औषधिले पनि स्वास्थ्यमा सुधार ल्याउन योगदान पुर्‍याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । ‘यद्यपि, त्यहाँ नयाँ चुनौती पनि छन्’, कुलकोभले भन्नुभयो । तर, जलवायु परिवर्तनले भविष्यमा मात्र नभई अहिले नै स्वास्थ्य सेवा प्रणाली र जीवनमा सबैभन्दा ठूलो प्रभाव पार्ने उनले बताए । रासस/सिन्हृवा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?