सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड पुग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ९.९१ प्रतिशतले वृद्धि भएको हो । यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ । खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ । जसका कारण सञ्चालन नाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ । यता, कम्पनीको रिजर्भ कोष बढेर १० अर्ब नाघेको छ । खराब कर्जा भने अघिल्लो वर्ष १.०७ प्रतिशत रहेकामा अहिले बढेर २.०१ प्रतिशत पुगेको छ ।

इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६ प्रतिशत र १.१६ प्रतिशत रहेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?