द्वन्द्वका घटनालाई बारम्बार बल्झाइराख्नु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ ।

शुक्रवार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वका घटनालाई लिएर घटनालाई बारम्बार बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लङ्घ हुने भन्दै यसलाई तत्काल समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले मानव अधिकार उल्लंघन घटनाहरु मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा भएका घटनाहरुलाई टुंग्याउन सत्यनिरुपन मेलमिलाप आयोग सम्बन्धि विधेयक ल्याएको बताउनु भयो । उहाँले सरकारले ल्याएको विधेयक अहिले संसदिय समितिमा उपसमिति बनाएर करिव अन्तिम चरणमा पुगेको बताउनु भयो ।

मन्त्री शर्माले मानवअधिकार उल्लङ्घनलाई टुंग्याएर समाजमा मेलमिलापको अवस्थामा जानुपर्ने र सबै मिलेर देशलाई समृद्धिको दिशा लैजाने पर्ने ठाउँमा फेरि पछाडि फर्केर आरोप प्रत्यारोपमा लाग्न नहुने बताउनु भयो । उहाँले पछिल्लो समय द्वन्द्वका घटनालाई लिएर आरोप प्रत्यारोपमा गर्नु ठिक नभएको भन्दै नेपालले सदाका निम्ति टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले सधैँभर नेपाल द्वन्द्वमा छ, नेपालमा शान्तिप्रक्रियाको काम टुङ्गिएको छैन र नेपालले शान्तिप्रक्रियाको काम टुंग्याउन सक्दैन भन्ने सन्देस बाहिर जानु बेठिक भएको बताउनु भयो। उहाँले सरकारले संक्रमणकालिन न्यायसम्बन्धि ऐन टुंग्याउने काम प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले अझ संसदबाट टुंग्याउने भनेर लागेको तर बढी महत्वपूर्ण भएकाले समितिमा लगेर छलफल भइरहेको बताउनु भयो। उहाँले ऐन बनेपछि नेपालमा भएका गम्भिर उल्लङ्घनका घटनाहरुमा कतिलाई आम माफी दिनुपर्ने,कतिलाई सजाय गर्नुपर्ने विषयमा अगाडि बढाउन सजिलो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले मानव अधिकार उल्लङ्घनका घटनाहरु मुख्य रुपमा द्वन्द्व र युद्धको अवधिमा जेजति भए त्यस्ता घटनाहरुलाई टुग्याउनुपर्छ भनेर सत्यनिरुपन मेलमिलाप आयोग सम्बन्धि विधेयक अहिले संसदिय समितिमा छ । उपसमिति गठन भएर करिव अन्तिम चरणमा पुगेको छ । संधै हामीले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि एक प्रकारको मानवअधिकार उल्लंघन होकी जस्तो लाग्छ । एक पटक मानवअधिकार उल्लङ्घन भयो तर त्यसबाट बिस्तारै घाउ सेलाउँदै जानुपर्ने समाजमा मेलमिलापको अवस्थामा जानु पर्ने र सबै मिलेर देशलाई समृद्धिको दिशा लैजाने पर्ने ठाउँमा फेरि पछाडि फर्केर आरोप प्रत्यारोप जे गरी रहेका छौं । ठिक गरिरहेका छैनौं । त्यसकारण हामीले सदाका निम्ति टुंग्याउनु पर्छ । सधैँभर नेपाल द्वन्द्वमा छ । नेपालमा शान्तिप्रक्रियाको काम टुङ्गिएको छैन । नेपालले शान्त्रिप्रक्रियाको काम टुंग्याउन सक्दैन भन्ने सन्देश गएको छ त्यो जानु आफैँमा बेठिक हो । सरकारले संक्रमणकालिन न्यायसम्बन्धि ऐन टुंग्याउने काम प्राथमिकतामा राखेको छ । सरकारले अझ संसदबाट टुंग्याने भनेर लागेको तर बढी महत्वपूर्ण हो । समितिमा लगेर छलफल गर्नुपर्छ भनेर आवाज धेरै उठ्यो । सम्भवतः छिटै टुंग्यो लाग्छ । टुंग्यो लगेपछि नेपालमा भएका गम्भिर उल्लङ्घनका घटनाहरुमा कतिलाई आम माफि दिनुपर्ने ,कतिलाई सजाय गर्नुपर्ने विषयमा उल्लेख भएको छ । त्यो सबै विषयमा अगाडि बढाउन सक्छौं । अहिलेसम्म पनि बेपत्ताकै अवस्थाले परिवारको अवस्था झन धेरै गाह्रो हुन्छ ।’

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले मानव अधिकार अभिलेख केन्द्र युरोप लगायतका देशहरुबाट आउने र नेपाली विद्यार्थीहरुका लागि ठूलो शिक्षाको केन्द्र बन्ने बताउनु भयो। उहाँले अभिलेखका माओवादी तथा नेपाली सेनाले गरेका घटनाहरुलाई राखिएको बताउनु भयो ।

उहाँले सरकारले मानव अधिकारको विषय सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो। उहाँले आयोगले संक्रमणकालिन न्यायसम्बन्धि ऐनका विषयमा पनि धेरै सुझावहरु दिएको बताउनु भयो। उहाँले मानवअधिकार आयोगमा काम गर्ने कर्मचारीहरुको सेवा सुविधामा पनि सुधार गर्न आवश्यक रहेको बताउनु भयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?