काठमाडौं । अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा आठौँ अर्किड कप सेभेन ‘ए’ साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३२ टिमको सहभागिता रहने अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जनाउनुभएको छ ।
प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने प्रावधान छ । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउनेछन् । विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
संस्थापक भुजेलले शिक्षासँगै अत्तिरिक्त क्रियाकलापमा पनि अभ्यस्त गराई विद्यार्थीको चौतर्फी विकास गर्न अर्किडले नियमितरूपमा खेलकुदका अलावा अन्य अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आइरहेको बताउनुभयो । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच