पिएसजीको जितमा नेमारको दुई गोल

Read Time = 1 min

पेरिस । नेमारको दुई गोल र एक असिस्टसहितको उच्च प्रदर्शनमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जिओनबुक एफसीलाई ३-० ले पराजित गरेको छ । दक्षिण कोरियाको बुसान रंगशालामा भएको खेलमा जित हात पार्दै पीएसजीले प्रि-सिजनमा पहिलो जित निकाल्यो ।

यसअघि टिमले प्रि-सिजनमा खेलेका तीन खेलमा भने हार व्यहोरेको थियो । तीनवटै खेलमा नेमार टोलीमा हुनुहुन्नथ्यो । नेमारले खेलको ४०औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाउनुभयो । खेलको ८३औं मिनेटमा उहाँले अग्रता दोब्बर पार्नुभयो ।

निर्धारित समयको दुई मिनेट बाँकी रहँदा नेमारको असिस्टमा मार्का एसेन्सियोल गोल गर्नुभयो । एसिया भ्रमणमा रहेको पीएसजीले यसअघि इन्टर मिलानसँग २-१ले र सेरेजो ओसाकासँग ३-२ ले हार ब्यहोरेको थियो भने साउदी क्लब अल नासरसँग गोलरहित बराबरीमा खेलको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?