हिमालय एयरलाइन्सद्वारा बालगृहलाई सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हिमालय एयरलाइन्सले संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियान अगाडि बढाउँदै लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपन्न बालबालिकाका लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लवप्रसाद बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि सहयोग गरेको हो ।

बिहीबार बालगृहको परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो इन्योङले बालगृहका अध्यक्ष उषा कार्कीलाई तीन लाख ९६ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । त्यसबाहेक एयरलाइन्सले बालगृहमा आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेट सेट, क्यारिमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोप, हुला हुपलगायतका खेलकुद सामग्री पनि सहयोग गरेको छ ।

सुन्दरीजलस्थित संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । ‘नेपालमै आधार र नेपालमै सेवा’ हिमालय एयरलाइन्सले लामो समयदेखि गरेको प्रतिबद्घता हो ।

त्यस्तै, स्थापनाकालदेखि नै समाजका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । एयरलाइन्सका अध्यक्ष इन्योङले भन्नुभयो, ‘यसपटक लवप्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँका बालबालिकाका लागि राम्रो जीवन र बसाइको व्यवस्था गर्न चाहन्छौँ र उनीहरू भविष्यमा राष्ट्रको कर्णधार बनून् भन्ने आशा राख्दछौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?