सोनापुर मिनिरल्सलाई प्रिमियम भाउमा आइपिओ बिक्री गर्न बोर्डको अनुमति

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम भाउमा आइपिओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपिओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७।५८ रुपैयाँको दरले आइपिओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?