केनको चार गोलमा टोटनहमको जित

Read Time = 1 min

लण्डन । कप्तान हृयारी केनले चार गोल गरेपछि टोटनहम हट्सपरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा शाख्तर डोनेस्कलाई ५-१ गोलअन्तरले पराजित गरेको छ । पहिलो हाफमा १-१ को बराबरी भए पनि दोस्रो हाफमा दोस्रो हाफमा टोटनहमले गोलवर्षा गर्‍यो ।

खेलको ३८औँ मिनेटमा केनले घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । ४५ औँ मिनेटमा केभिन केलसीले हेडरमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।

५०औँ मिनेटमा केनले दोस्रो गोल गर्नुभयो । त्यसको ५ मिनेटपछि नै केनले अर्को गोल थप्नुभयो । ७९औँ मिनेटमा केनले व्यक्तिगत चौथो गोल गर्नुभयो । गोलरक्षक प्यातोभले बचाएपछि फर्केको बललाई केनले सहजै गोल गर्नुभयो ।

इन्जुरी समयको चौथो मिनेटमा युवा फरवार्ड डेन स्कारलेटले एक गोल फर्काउनुभयो । टोटनहमले अब प्रि-सिजनमा बार्सिलोनासँग खेल्नेछ । जोआन गाम्पर ट्रफीका लागि खेल मंगलबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?