नक्कली नोटसहित एकजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

रूपन्देही । बुटवल उपमहानगरपालिका-११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका-९ बस्ने साहिल थापा मगरलाई १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

सैनामैना नगरपालिका-१ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु।९२ प २८०१ नम्बरको स्कुटर ठक्कर खाई दुर्घटना भएको विषयमा मोटरसाइकल तथा स्कुटरमा सवार ४ जना व्यक्तिहरु ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?