कांग्रेस संसदीय दल समितिको बैठक आह्वान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको संसदीय दलको समिमितको बैठक बोलाइएको छ । पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक बोलाउनुभएकाे हाे ।

देउवा निवासमा बिहीबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको समिति बैठकमा सदनको गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

समितिमा नेता देउवासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?