टेलिकमको उच्च गतिको एफटिटिएच सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले एक जिबिपिएससम्म उच्च गति भएको एफटिटिएच इन्टरनेट सेवा सुरू गरेको छ । कम्पनीले सय एमबिपिएससम्म उच्च गतिको एफटिटिएच सेवा उपलब्ध गराउँदै थियो । हाल कम्पनीले जिपोन प्रविधिमार्फत् उपलब्ध गराउँदै आएकोे एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबिपिएस रहेकोमा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

कम्पनीका अनुसार उक्त सेवा पाँच सय एमबिपिएस र एक जिबिपिएस गरी दुईवटा प्याकेजमा उपलब्ध हुनेछ । जसको डाउनस्ट्रिम क्षमता १० जिबिपिएस र अपस्ट्रिम क्षमता २.५ जिबिपिएस हुनेछ । प्रिमियम एफटिटिएच पाँच सय एमबिपिएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ । उक्त प्याकमा ०.५ टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।

प्रिमियम एफटिटिएच एक जिबिपिएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ । उक्त प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजमा एउटा आइपिटिभी, सिपिई र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ ।

पाँच सय एमबिपिएसको प्रिमियम एफटिटिएच पाँच सय एमबिपिएस प्याकेज वार्षिक ८० हजार र एक जिबिपिएसको प्रिमियम एफटिटिएच एक जिबिपिएस प्याकेज वार्षिक एक लाख १० हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?