खानेपानीका लागि दियालोसँग धरानको सहकार्य

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । धरान उपमहानगरपालिकाले खानेपानी क्षेत्रलार्ई पनि प्रविधिमैत्री बनाउन पहल सुरु गरेको छ । मेयर हर्क साम्पाङले यसअघि खानेपानी अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याई व्यवस्थापन गरिरहनुभएकोमा खानेपानी बोर्ड तथा समितिहरूलाई पनि प्रविधिमैत्री बनाउन सुरू गर्नुभएको हो । सोही क्रममा धरान खानेपानी व्यवस्थापन बोर्ड र देशभरका खानेपानी समितिलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजिज प्रालिबीच बोर्डलाई अटोमेसनमा लैजान सम्झौता भएको हो । सम्झौतापत्रमा दियालोका चिफ बिजनेस अफिसर रोशन गौतम र बोर्डतर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा व्यवस्थापन सफ्टवेयरवाट मार्क प्रयोग गरी पूर्ण अटोमेसनमा लगिनेछ । उपभोक्ताले खानेपानीको महसुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङले यसअघि नै उद्घाटन गरिसक्नुभएको छ । मेयर साम्पाङले उपभोक्ताको राहतका लागि बोर्डको कामलाई पनि प्रविधियुक्तपूर्ण अटोमेसनमा लैजाने बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महसुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताउनुभयो ।

हालसम्म करिब आठ सयवटा खानेपानी समितिलाई डिजिटलाइजेसन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित वाटरमार्क सफ्टवेयर विकास गरेको हो । करिब १० वर्षअघि स्थापना भएको दियालोले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?