अख्तियारद्वारा पशुपति सामुदायिक वनका अध्यक्षसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकाको वडा नम्बर १ र ३ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराईलीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामुदायिक वनको आम्दानी हिनामिना गरेको अभियोगमा अध्यक्ष बराइलीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । अध्यक्ष बराइलीलाई १५ लाख पाँच हजार ९३० बिगो कायमगरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उहाँका अनुसार बराईलीले समूहको निर्णयविना आफू अनुकूल कागजात तयारगरी गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी चार लाख रुपैयाँ र आफू अनुकूल किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाई, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी वन समूहको कुल १५ लाख पाँच हजार ९३० रुपैयाँ भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गरेको अख्तियारको ठहर छ ।

यस्तै पशुपति सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुनकुमार थापा र समूहका तत्कालीन कोषाध्यक्ष रामकुमारी खत्रीले लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविना कागजात तयारगरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी चार लाख भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गर्ने कार्य गरेको दिखएकोले चार लाख बिगो कायमगरी आरोप पत्र दायर गरिएको उहाँले बताउनुभयो ।

यस्तो छ विज्ञप्ति-

जिल्ला इलाम, माई नगरपालिका वडा नं. १ र ३ स्थित पशुपति सामुदायिक वनको आम्दानी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुमार बहादुर बराईलीले प्रक्रिया नपुर्‍याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समुहको निर्णय विना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी रु ४००००० र आफू अनुकूल किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाई, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन उपभोक्ता समुहको रु ११०५९३० समेत गरी कुल रु. १५०५९३० भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) को देहाय (ङ) बमोजिम झुट्ठा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले निज कुमार बहादुर बराईलीलाई रु.१५०५९३० (पन्ध्र लाख पाँच हजार नौ सय तीस रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

पशुपति सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सल्लाहकार समुह संयोजक अर्जुन कुमार थापा र सोही समुहका तत्कालीन कोषाध्यक्ष राम कुमारी खत्रीले लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समुहको निर्णय विना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी रु. ४०००००- भुक्तानीको लागि झुट्ठा बिल भरपाई पेश गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम झुट्ठा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले निजहरु अर्जुन कुमार थापा  र राम कुमारी खत्रीलाई रु.४०००००० (चार लाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ।

 पशुपति सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता एवं चिलाउने गौडा हिले खोला क्रसिङ्ग फुटपात पुलका अध्यक्ष दिल बहादुर मगर र सोही समुहका उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईलीले लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समुहको निर्णय विना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनी भरपाई गरी झुट्ठा बिल बनाई रु ४००००० भुक्तानी लिनको लागि पेश गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) को कसुरमा झुट्ठा बिल भरपाई बनाई भुक्तानी लिई ऐ.ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिमको मतियारको कसूर गरेको देखिन आएकोले निजहरु दिल बहादुर मगर र रस्मिला बराईलीलाई रु.४०००००(चार लाख रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुने मुल कसुरदार सरह ऐ. ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सजाय हुन मागदाबी लिइएको छ।

दर्तावाला लेखापरीक्षक चन्द्र बहादुर बस्नेतले पशुपति सामुदायिक वन उपभोक्ता समुहसँग मिलेमतो गरी नभएका कुरा देखाई लेखापरीक्षण प्रतिवेदन पेश गरेको पुष्टि हुन आएकोले लेखापरीक्षक चन्द्र बहादुर बस्नेतले वन उपभोक्ता समुहसँग मिलेमतो गरी खर्च नभएको शीर्षकमा खर्च भएको भनी गलत लेखापरीक्षण गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसुर गरेको समेत देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।

साथै, पशुपति सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन सचिव राम बहादुर मगर र सोही समुहका तत्कालीन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठले आफू अनुकुल किर्ते कागजातसमेत तयार गरी मिलेमतोमा स्टेशनरी सामाग्री, बोटविरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाई, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन उपभोक्ता समुहको रु ११०५९३० भुक्तानीको लागि झुट्ठा बिल भरपाई  पेश गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम झुट्ठा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको देखिन आएकोले निजहरु राम बहादुर मगर  र चन्द्रकला श्रेष्ठलाई रु११०५९३० (एघार लाख पाँच हजार नौ सय तीस रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो रकम असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

 प्रवक्ता
भोला दाहाल

 

मिथिला बिहारी नगरपालिकामा छापा

मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो । नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी दर्ता गराइएको छ ।

वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमको लागि छुट्टयाइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठनागरिकहरुले बताएको सो निवेदनमा उल्लेख गरिएको छ । त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय संचालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै,वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीहरुका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभुत विद्यालय कटरैत तथा आधारभुत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोशाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी,वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

पेस गरिएको सो निवेदनमा दुवै आधारभुत विद्यालयले यस विद्यालयमा कुनै पोशाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकहरुले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?