सिंजाको रैथाने बाली बजारीकरणका लागि खाद्य कम्पनीसंग सम्झौता

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका भित्र उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा वजारीकरणका लागि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडसंग सिंजा गाउँपालिकाले सम्झौता गरेको छ । गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरि यहाँका किसानलाई सहजै बजारीकरणमा टेवा पुग्नका लागि खाद्य कम्पनीको केन्द्रिय कार्यालयसंग शनिवार सम्झौता गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष धिताल र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद चन्दबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो,“रैथाने बाली खरिदका लागि गाउँपालिका र खाद्य कम्पनी बीच सम्झौता भएको छ । गाउँपालिकाले रैथाने बाली किसानबाट खरिद गरेर खाद्य कम्पनीलाई निर्धारित मुल्यमा उपलब्ध गराउनु पर्ने छ ।”

गाउँपालिकाले कालीमार्सी धान,चामल, सिमी फापर, चिनो, कागुनो मास भटमास र कोदो लगायतका स्थानिय बालिहरुको उत्पादनमा किसानहरुलाई प्रोत्साहन गर्न सिंजा गाउँपालिकाले सिधै किसानहरुसंग वा कृषक समुह, सहकारी समुह किसानलाई लाभ पुग्ने गरि सिधै पालिकाले खरिद र संकलन गरि खाद्य कम्पनीलाई विक्रि गरिने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

पहिलो चरणमा सिंजा गाउँपालिकासंग सम्झौता गरि यहाँको रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्नका लागि खरिद गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद चन्दले जानकारी दिनुभयो ।

जुम्ला लगायत हिमाली जिल्लाको विभिन्न गाउँपालिकासंग रैथाने बाली खरिद गर्ने सम्झौता भएको छ । किसानले उत्पादन गरेको रैथाने बालीलाई बजारसम्म पु¥याउनका लागि खाद्य कम्पनीले सहजीकरण गर्ने भएको छ । किसानहरुले उचित मुल्य दिने भएको छ । यसअघि बिचौलियाका कारण किसानहरुले उत्पादन लागत भन्दा कम मुल्यमा बेच्न बाध्य हुने गरेका थियो । अब किसान र उपभोक्ता मारमा पर्ने छैन कम्पनीले देशभरको स्थानीय तहसंग स्थानीय उत्पादन खरिद गरि बजारीकरणमा सहजीकरण गर्ने योजना रहेको केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत चन्दको भनाइ छ ।

किसानहरुले उत्पादन गरेको रैथने बाली बिक्री नभएर खेर फाल्नु पर्ने अबस्था रहेको थियो । सिंजाका सबै किसानले रैथाने बाली उत्पादन गर्छन् । किसानको हितका लागि खाद्य कम्पनीसंग दीर्घकालिनसम्म सम्झौता गरिने सिंजा गाउँपालिका प्रवक्ता तिर्थ वडले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?