प्रतिनिधिसभा बैठक बस्दै, एमालेको अवरोध जारी रहने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने, सुनील कुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी गराउने, बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने, विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

एएमालेले आजको बैठक पनि अवरोध गर्ने भएको छ । जसका कारण आजको बैठक पनि चल्ने सम्भावना भने न्यून छ ।

एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै साउन १० गतेदेखि निरन्तर दलन अवरुद्ध गर्दै आइरहेको छ ।

यसअघि साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि एमालेले अवरोध गरेको थियो भने २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । एमालेले २३ गतेको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने भएपछि अवरोध गरेको थिएन । तर गृहमन्त्रीले सम्बोधन गर्दा उच्चस्तरीय छानबिन समिति गठन गर्ने आश्वासन नदिएपछि एमालेले तत्कालै संसद अवरुद्ध गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?