यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ७७ पैसा र बिक्री दर १४५ रुपैयाँ ४३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९२ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसामा कारोबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

उता, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३५ रुपैयाँमा खरिदबिक्री हुदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८५ पैसामा किनबेच हुनेछ ।

यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसामा कारोबार गर्न सकिने छ ।

साथै, साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।४१ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?