सामसुङका दुई फोल्डेबल मोबाइल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सामसुङले ग्यालेक्सी जेड फ्लिप फाइभ र ग्यालेक्सी जेड फोल्ड फाइभ नेपाली बजारमा ल्याएको छ । कम्पनीले आइतबार एक कार्यक्रमबीच दुई फोन सार्वजनिक गरेको हो । यी दुई पाँचौँ पुस्ताको ग्यालेक्सी फोल्डेबल र फ्लिप फोन हुन् ।

ग्यालेक्सी जेड फ्लिप फाइभमा स्न्यापड्रागन एट जेन टु प्रोसेसर र ३७०० एमएएच क्षमताको ब्याट्रीका साथै डाइनामिक एमोलेड डिस्प्ले रहेको छ भने १२ मेगाोपिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको वाइड क्यामेरा तथा सेल्फीका लागि १० मेगापिक्सेलको क्यामेरा रहेको छ । आठ/२५६ जिबी भेरियन्टको मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । प्रि-अर्डरमा २४ इन्चको सामसुङ मोनिटर वा सामसुङ ए ७ लाइट एलटिई (तीन/३२ जिबी) मध्ये कुनै एक रोज्न सकिनेछ ।

त्यस्तै, ग्यालेक्सी जेड फोल्ड फाइभमा १० मेगापिक्सेलको टेलिफोटो क्यामेरा, ५० मेगापिक्सेलको वाइड एंगल क्यामेरा र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेराका साथै १० मेगापिक्सेलको कभर क्यामेरा र चार मेगापिक्सेलको अण्डर डिस्प्ले सेल्फी क्यामेरा रहेको छ । १२ जिबी र्‍यामसहित २५६ जिबी र ५१२ जिबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २६ हजार नौ सय ९९ रुपैयाँ, ५१२ जिबी स्टोरेज भेरियन्टको दुई लाख २९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?