युकेमा उद्धव र गुनालाई पदक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जित्नुभएको छ । उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्षसमेत रहनुभएका नेपाल उमा कुङ्फु संघका महासचिव भुपेन्द्र गुरुङले जनाउनुभएको छ ।

युकेको योर्कसायरमा अगस्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जित्नुभयो । गुनाले ताइची स्पर्धामा रजत जित्नुभयो । अर्का सहभागी समिर श्रेष्ठ पदकविहीन रहनुभयो । प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल हुनुहुन्छ भने युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गर्नुभएको थियो ।

अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुसी व्यक्त गर्दै पदक विजेतालाई बधाई दिनुभयो । उहाँका अनुसार टोली अगस्ट २० तारिखमा स्वदेश फर्किनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?