टेलिकमको अफर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमले सिडिएमए फिक्स्ड फोन प्रयोगकर्तालाई फोरजी/एलटिई नेटवर्कमा स्थानान्तरण गर्न आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । सिडिएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले नेपाल टेलिकमको नमस्ते वाईफाई प्रयोग गर्न सक्नेछन् भने अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधाका साथै अन्य थप सुविधासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

उल्लेखित सेवा प्रयोग गर्ने ग्राहकलाई अनलिमिटेड बेसिकअन्तर्गत दैनिक रूपमा पाँच एमबिपिएससम्मको १० जिबी डाटा उपलब्ध हुनेछ । प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि पाँच हजार पाँच सय ९९ र वार्षिक १० हजार चार सय ९९ रुपैयाँ हुनेछ भन महसुल अर्धवार्षिक चार हजार नौ सय ९९ र वार्षिक नौ हजार चार सय ९९ रुपैयाँ लाग्नेछ ।

त्यस्तै, अनलिमिटेड प्रिमियमअन्तर्गत दैनिक रूपमा १० एमबिपिएससम्मको १५ जिबी डाटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक आठ हजार नौ सय ९९ र वार्षिक १६ हजार चार सय ९९ रुपैयाँ लाग्नेछ भने महसुल अर्धवार्षिक सात हजार नौ सय ९९ र वार्षिक अवधिका लागि १५ हजार चार सय ९९ रुपैयाँ लाग्नेछ ।

नयाँ जडानअन्तर्गत अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना चार सय मिनेट कम्पनीको नेटवर्कभित्र (अन-नेट) र सय मिनेट अन्य नेटवर्कमा (अफ-नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा सय मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?