एमाले नेता खिमलाल भट्टराई र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री र नेकपा (एमाले) का नेता खिमलाल भट्टराईबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच बिहीबार भेटघाट भएको हो । एकीकृत समाजवादीमा असन्तुष्ट रहँदै आउनु भएको झाँक्री र भट्टराई बीचको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उहाँ पुरानै पार्टी एमालेमा फर्किने चर्चाबीचको याे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

विगत झण्डै एक वर्षदेखि पूर्वमन्त्री समेत रहनु भएको समाजवादीकी सचिव झाँक्री एमालेबाट छुट्टीएर निर्माण भएको माधव नेपाल नेतृत्वको  समाजवादी पार्टीका काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै आउनु भएको छ ।

भेटमा विद्यार्थी आन्दोलनलगायतका विषयमा छलफल भएको नेता भट्टराईले बताउनु भएको छ । उहाँले तस्वीर सेयर गर्दै लेख्नुभएको छ ‘जो जहाँ भएपनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ ।'

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?