जहाज चार्टर्ड गरेर नेपाल आए बंगलादेशी पर्यटक

दुई सय आइपुगे, पाँच सय आउँदै, विमानस्थलमा भव्य स्वागत

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बंगलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । शुक्रबार एकैपटक दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टर्ड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए भने शनिबार अरू पर्यटक आउँदै छन् । बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए ।

पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुग्नुभएका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताउनुभयो । ‘शुक्रबार र शनिबार गरेर सात सय बढी पर्यटक नेपाल आउँदै छन्’, उहाँले भन्नुभयो । उहाँले पछिल्लो तीन वर्षयता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको जानकारी गराउनुभयो । बंगलादेशबाट उडानमार्फत नेपाल आउन लागेको उक्त टोली हालसम्मकै ठूलो हो । ढाकामा रहेको माउन्टेन क्लबमार्फत बंगलादेशी पर्यटक नेपाल आएका हुन् ।

सन् २०२२ मा बंगलादेशबाट २५ हजार ३८४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । बोर्डका अनुसार सन् २०२३ को सात महिनामा कुल पाँच लाख ३४ हजार २०७ विदेशी पर्यटक भित्रिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?