अख्तियारद्वारा सिद्धि गणेश माविका प्रअ र व्यवस्थापन समिति अध्यक्ष विरुद्ध मुद्दा दायर

Read Time = 2 mins

काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-१ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा  मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले बताउनु भएकाे छ ।

यसअघि आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिँदै गरेको अवस्थामा प्रधानाध्यापक रिजाल र व्यवस्थापन समिति अध्यक्ष थापालाई नियन्त्रणमा लिएको थियो ।

शिक्षक छनोट प्रक्रियामा उनीहरुले सेवाग्राहीबाट १६ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ,’ प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?